गोली चल्दा २ जनाको मृत्यु, १ घाइते



एजेन्सी ।

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २:१५ बजे ९०९१५ जिएमटी० रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्याहाँ पुगेका थिए। घटना बारे अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्