कांग्रेसका मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए



काठमाडौं ।

नेपाली कांग्रेस गोरखा नगरपालिकाको मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव कुटिएका छन् ।

कांग्रेसकै कार्यकर्ता उनीमाथि हातपात गरेका हुन् ।

टिकट लिएर फर्किँदै गर्दा उनी जिल्ला सदरमुकाम बैंकरोडस्थित एक फोटो स्टुडियोमा पसेका थिए ।

सोही क्रममा स्टुडियो भित्रै पसेर आफूमाथि केही युवाहरुले हातपात गरेको श्रेष्ठ स्वयंले बताएका छन् ।

उनको हातमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्