पवनदीप काठमाडौंमा प्रस्ततु हुँदै



भारतससँगै नेपालमा पनि रुचाइएका इन्डियन आइडल २०२१ विजेता गायक पवनदीप राजनको कन्सर्ट राजधानीमा हुने भएको छ। ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछन्।

डिस्टिझक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २० – २१ रोटरी इन्टरनेशनल डिस्टिझक्ट ३२९२ नेपाल – भुटानको आयोजनामा हुने अवार्ड सेरोमनी कार्यक्रमअन्तरगत पवनदीपले राजधानीको पाँचतारे होटेल याक एण्ड यतिमा आफ्नो सांगितिक प्रस्तुती दिनेछन्।

त्यसै गरी आगामी वैशाख ११ गते रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा पनि उनी ठमेलको लर्ड अफ डिझंक्स (एलओडी) मा प्रस्तुत हुनेछन्। कार्यक्रमका लागि दुई थरी टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी गराएका छन्। टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्ने आयोजकले जनाएका छन्।
पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन्। पवनदीपले विभिन्न धार्मिक स्थलको समेत अवलोकन गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्