उदय सोताङको स्वर, रमेशको शब्दमा तिम्रो साथ सार्वजनिक ( भिडियो )


काठमाडौं ।

लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश तिम्रो साथ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ।

यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन्। गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ। साथ छुट्ला भन्ने डरले आफ्नो शाररिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ।

राम केसीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । नेपाली मेलोडिज नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।