जर्मनी र स्पेन एउटै समूहमा



लन्डन ।

पहिलो पटक गल्फ राष्ट्रमा फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिता हुँदैछ । शुक्रबार राति कतारमा हुने विश्वकपको लागि ड्र पनि घोषित गरिसकेको छ । यसै वर्षको नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म प्रतियोगिता चल्नेछ । जुनबेला नेपालमा जाडो याम चलिरहेको हुन्छ । ड्रअनुसार स्पेन र जर्मनी एउटै समूहमा परेका छन् । दुबै टिम समूह ई मा छन् । यो समूहमा जापान पनि रहेको छ ।

कुन टिम कुन समूहमा
समूह एः कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्डस्
समूह बी : इंग्ल्यान्ड, अमेरिका, इरान,
(एक टिम छनोट हुन बाँकी—स्कटल्यान्ड, युक्रेन र वेल्स मध्ये एक)
समूह सी : अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड
समूह डी : फ्रान्स, डेनमार्क, ट्युनिसिया
(एक टिम छनोट हुन बाँकी—अस्ट्रेलिया, यूएई र पेरु मध्ये एक)
समूह ई : स्पेन, जर्मनी, जापान
(एक टिम छनोट हुन बाँकी)
समूह एफ : बेल्जियम, क्यानाडा, मोरोक्को, क्रोएसिया
समूह जी : ब्राजिल, सर्बिया, स्विट्जरल्यान्ड, क्यामरुन
समूह एच : पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

प्रतिक्रिया दिनुहोस्