नवीन्द्रराज जोशी कप सम्पन्न



काठमाडौं ।

काठमाडौं २० वडा भीमसेनस्थानस्थित वाईएफएन नेपालद्वारा सञ्चालित नबिन्द्रराज जोशी कप फुटसल प्रतियोगिता २०७८ शनिबार सम्पन्न भएको छ । काठमाडौं क्षेत्र नं.८ र काठमाडौं क्षेत्र नं. ९ प्रतियोगिता को फाइनलमा पुगेका हुन् । उक्त फाइनल खेलमा क्ष्ँेत्र न. ९ ले क्षेत्र नं ८ लाई ४–३ ले हराएको हो । पहिलो भएको क्षेत्र नं. ९ ले ४० हजार नगद प्राप्त गर्यो ।

उपविजेतामै सीमित भएको क्षेत्र नं. ८ ले २० हजार नगद हासिल गरेको थियो । नेपाली कांग्रेसका पुर्ब उप प्रधानमन्त्री प्रकाश् मान सिंहले पुरस्कार वितरण गर्नुभएको थियो ।
उद्योग मन्त्रीसमेत भइसकेका नेपाली कांग्रेसका नेता स्वर्गीय जोशीको स्मृतिमा यस वर्षदेखि फुटसल प्रतियोगिता आयोजना गरेको हो ।

वाईएफएन नेपालका अध्यक्ष रसेल श्रेष्ठले आगामी वर्ष पनि प्रतियोगिता आयोजना गर्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो—यो प्रतियोगिता स्वर्गीय नवीन्द्रराज जोशीको पुण्यतिथिमा हरेक वर्ष आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्