नेपालको दोस्रो जित



काठमाडौं ।

घरेलु टिम नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई ६ विकेटले हराएर दोस्रो जित हात पारेको छ । त्रिवि मैदानमा पाहुना टिम मलेसियाले १ सय १५ रनको सामान्य लक्ष्य तेस्र्याएकोमा नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर हासिल गरेको हो । टिमको जितमा ओपनर आसिफ शेखले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए ।

त्यसअघि, टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । मलेसियाका ओपनर ओपनर जुबैदी जुल्किफ्लले १५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १–१ विकेट लिए । बिहीबार नेपालले पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्