क्षयरोग नियन्त्रण अभियानलाई सहयोग गर्न आवाहन



काठमाडौं ।

सरकारले क्षयरोग बाट बच्न मानिसको दिगो बिकासमा टेवा पुर्याउन लक्ष्य सहित क्षयरोग कार्यक्रमलाई शशक्त रूपमा अगाडि बढाएको छ ।

मंगलबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका चारदोबाटो स्थितराष्ट्रिय क्षयरोग अस्पतालमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजनामा क्षयरोग अन्त्यका लागि लगानि बढाओै,जीवन बचाओै भन्ने मुलनाराको साथ विश्व क्षयरोग दिवस कार्यक्रम सुरू भएको हो।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसख्या मन्त्री बिरोध खतिवडाले सरकारले देश भरि रहेको प्रत्येक नगरपालिका तथा गाँउपालिका लाई क्षयरोग मुक्त बनाउने अभियान चलाएको बताउनुभएको छ।नेपालमा क्षयरोग लागेको आधा जस्तो रोगिहरू सम्पर्कमा नआउने भएको कारणले सम्पर्कमा ल्याउन कठिनाई भईरहेको जानकारी दिनुभएको थियो ।

सरकारले विभिन्न समयमा क्षयरोग सम्बन्धि सचेतना कार्यक्रम सहित समय समयमा औषधि समेत बितरण गर्दै आएको अभियानलाई सहयोग गर्ने आवाहन गरेको छ ।त्यस्तै स्वास्थ्य तथा जनसख्या राज्यमन्त्रि भवानि प्रसाद खापुङ नेपाल सरकारले मुलुक भरि क्षयरोग रोगको निदान र ओैषधि जस्ता कार्यक्रम संचालन गरेतापनि नेपाल सरकारले मात्र उक्त रोगको निदान गर्ने नसकिने भएको कारण विभिन्न राजनीति पार्टीहरुको सभा, सम्मेलन ,विश्व स्वास्थ संगठन , विभिन्न ल्न्इरक्ष्ल्न्इ हरूको सहयोग बाट क्षयरोगको निदान तथा ओैषधि वितरण समेत टेवा पुराउनसक्ने भनाई राख्नुभएको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्री बिरोध खतिवडा,स्वास्थ जनसख्या राज्यमन्त्रि भवानि प्रसाद खापुङ , मध्यपुर थिमि नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठ,स्वास्थ्य तथा जनसख्या मन्त्रालयको सचिव देब कुमारि गुरागाई, स्वास्थ्य तथा जनसख्या मन्त्रालयको बिशेषज्ञ प्रमुख डा। श्यामसुन्दर यादव,ल्न्इ ,क्ष्ल्न्इ कर्मचारी लगाए सय भन्दा बढिको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्