वरिष्ठ वामपन्थी नेता मानन्धरको प्रथम वार्षिकी मनाइयो



न्युज अफ नेपाल, काठमाडौं ।

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको प्रथम वार्षिक तिथि चैत्र ४ गते मनाइयो । उहाँको पूण्य तिथि उहाँकै निवास स्थान मैतीदेवीमा एक अनौपचारिक कार्यक्रमबीच मनाइएको उहाँको पारिवारिक स्रोतबाट थाहा भएको छ ।

श्री मानन्धरको गत २०७७ साल चैत्र १६ गतेका दिन ९२ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय श्री मानन्धर नेपाल कम्युनिष्ट पार्टी संयुक्तका संस्थापक महासचिव हुनुहुन्थ्यो ।

उहाँले आफ्नो पाँच दशक लामो राजनैतिक जीवनमा विभिन्न प्रजातान्त्रिक आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै पटक, पटक गरी तीन वर्ष जेल जीवन बिताउनुभएको थियो ।

उहाँ नेपालको राजनीतिमा एक निस्वार्थ, इमानदार तथा आफ्नो सिद्धान्तमा अडिग नेतामा गनिनुहुन्छ र उहाँले कहिल्यै कुनै सार्वजनिक पद धारण गर्नु भएन ।

प्रतिक्रिया दिनुहोस्