सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घट्यो


काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।