निकुञ्जले दियो प्रहरीलाई हातहतियार



रसुवा, (नेस) ।

लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रका विभिन्न स्थान र समयमा फेला पारेका हात–हतियार बुधबार प्रहरीलाई हस्तान्तरण गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार यस निकुञ्ज क्षेत्रमा विभिन्न स्थानहरू र समयमा फेला परेका हातहतियार भरूवा बन्दुक (ठूलो) ११ वटा, भरूवा बन्दुक (सानो) २ वटा, भरूवा बन्दुकको नाल २ वटा सरोकारवाला निकायहरूको रोहवरमा प्रहरीलाई बुझाएको हो ।

नेपालको संघीय राजधानी काठमाडौंबाट सवैभन्दा नजिकको हिमाली राष्ट्रिय निकुञ्ज रसुवा (५७ प्रतिशत) नुवाकोट (७ प्रतिशत) सिन्धुपाल्चोक (३६ प्रतिशत) १ हजार ७ सय १० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । समुन्द्री सतहको १ हजार मिटरदेखि ७ हजार २ सय ४५ मिटरसम्म फैलिएको यस निकुञ्ज जैविक विविधताको भण्डारका रूपमा चिनिन्छ ।
वन क्षेत्र, घासे मैदान क्षेत्र, झाडी बुट्यान क्षेत्र तथा सिमसार क्षेत्र यस निकुञ्जका मुख्य भु–उपयोग हुन् ।

प्रतिक्रिया दिनुहोस्