शिवनाथका उपाध्यक्ष कांग्रेस प्रवेश



बैतडी, (नेस) ।

नेकपा एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उहाँ बिहीबार कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिनुभयो । चन्दलाई कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन् । यस्तै, एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयाल पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पनि पाण्डेले पार्टीको सदस्यता दिनुभएको थियो ।

कांग्रेस प्रवेश गरेकी उपाध्यक्ष चन्दले एमाले पार्टी भ्रष्ट चरित्र भएका कारण कांग्रेसमा प्रवेश गरेको बताउनुभयो । यस्तै, चन्दले भने एमालेलाई सामन्तवादीको संज्ञा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्