पाँच वर्षपछि स्थायी केन्द्रमा सर्‍यो फलेबास



पर्वत ।

पाँचवर्षे कार्यकाल सकिनै लाग्दा फलेबास नगरपालिकाले आफ्नै स्थायी केन्द्रबाट प्रशासकीय सेवा शुरु गरेको छ । लामो समयको रस्साकसीपछि गत साउनमा केन्द्र विवाद टुंग्याएको नगरपालिकाले स्थायी केन्द्र झकलकमा अस्थायी संरचना निर्माण गरेर सेवा शुरु गरेको थियो ।

नगरपालिकाले सभाहलसहित १० वटा कोठा निर्माण गरी सेवा शुभारम्भ गरेको हो । नगरपालिकाको पक्की प्रशासकीय भवन निर्माणको चरणमा छ । नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यसपछि फलेबास सिँचाइ आयोजनाको कार्यालयबाट सेवा सञ्चालन भइरहेको थियो । कार्यपालिकाको बहुमतले २ वर्षअघि अस्थायीरूपमा फलेबास–५ खानीगाउँमा नगर प्रमुख पदमपाणि शर्माले जनताको अपेक्षा र भावनालाई बुझेर स्थायी केन्द्रको टुंगो लगाएको उल्लेख गर्दै आफ्नै कार्यकालमा सेवा शुभारम्भ गर्ने सपना पूरा भएको बताउनुभया । शून्यबाट सुरु भएको नगरपालिकाले पहिलो कार्यकालमा उपलब्धिमूलक काम गरेको दाबी पनि उहाँको छ ।

रहेको केन्द्र सोही वडाको झकलकस्थित सार्ने निर्णय भएको थियो । नगरसभाको दुई तिहाइ बहुमतले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै नगर उपप्रमुख मञ्जु अधिकारी न्यायालय पुग्नुभएको थियो । अधिकारीले आफ्नो घरनजिकै केन्द्र राख्ने गरी परमादेशको माग गर्दै गत चैत २२ मा सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

त्यसको दुई दिनपछि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रशासकीय भवन तत्कालका लागि निर्माणकार्य अगाडि नबढाउन आदेश दिएको थियो । त्यसका विरुद्धमा गत वैशाख ९ गते उक्त रिट खारेज गरिपाऊँ भन्दै नगरपालिकाको कार्यालयले सर्वोच्चमै निवेदन दियो । उक्त निवेदनउपर सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि चैत २५ मा न्यायाधीश भण्डारीले गरेको आदेश खारेज गरी कार्यपालिकालाई नियमानुसार अघि बढ्न परमादेश दिएपछि नगरपालिकाले स्थायी केन्द्रमा संरचना निर्माणको प्रक्रिया अघि बढाएको थियो । साँघुरा संरचनाबाट गुज्रिएको नगरपालिका अब ६० रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गामा सार्न पाएपछि नगरवासी र पदाधिकारी खुसी छन् ।

भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको प्रशासनिक भवन निर्माण कार्य भने अहिले तीव्र गतिमा अगाडि बढेको छ । तीन तलाको प्रशासकीय भवन ४२ कोठे हुनेछ । गत भदौमा निर्माण सम्झौता भएको भवन ९ करोड २ लाख रुपियाँको लागतमा १८ महिनामा सक्ने गरी जुम्ले थान एन्ड आचार्य बिल्डर्सले जिम्मा लिएको प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्