देउराली टिम च्याम्पियन



काठमाडौं ।

आयोजक देउराली डोजा दोश्रो देउराली कप भीमचन्द ठकुरी स्मृति खुला कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउरालीले १० स्वर्ण, ५ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियन बनेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । नगदेश ३ स्वर्ण, १ रजत र ४ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको च्याम्पियनले २ स्वर्ण, ३ रजत र ३ कांस्य हात पार्यो ।

बानेश्वरस्थित इपीएस स्कुलमा भएको प्रतियोगिताको पुरुषमा नगदेशका निखिल कार्की तथा महिलामा देउरालीकी कञ्चन नेपाली उत्कृष्ट खेलाडी घोषित भए । देउरालीकै नेली जोशी उदीयमान खेलाडी बनिन् ।

सो अवसरमा कान्तिपुर दैनिकका ध्रुव तुलाधर, राजधानी दैनिकका दिलबहादुर तामाङलगायतलाई सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्