शनिबार थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २,२३९ पीसीआर परीक्षणका क्रममा १०१ जना र २,९१३ एन्टीजेन परीक्षणका क्रममा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११,९३४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै थप ५४० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५५ हजार ९ सय ९८ जना निको भएका छन् । हाल नेपालमा ८ हजार ८ सय ३९ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।