दिलिप स्मृति तेक्वान्दोमा १ सय ७१ खेलाडी



काठमाडौं ।

दिलिप स्मृति प्रतिष्ठानको आयोजनामा पाँचौं दिलिप स्मृति प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न जिल्ला, डोजाङ र स्कुलका १ सय ७१ खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्री खत्रीले जनाएका छन् । पुरुषमा १२ र महिलामा ११ गरी १३ स्पर्धामा खेल हुने छ ।

दुईदिने प्रतियोगिताका खेलहरू काभ्रेको रोसी गाउँपालिकास्थित नारायणटारमा हुने छ । गत चारै संस्करणको उपाधि दिलिप स्मृतिले जितेको थियो । काठमाडौं बाहिर पहिलोपटक प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्