रातभर बन्धक बनाएर बलात्कार



बैतडी, (नेस) ।

रातभर बन्धक बनाइएकी बैतडीकी एक विवाहित महिला बलात्कारको सिकार भएकी छन् । मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको सिकार भएकी हुन् ।
महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ । आरोपित ती व्यक्ति फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अुनसन्धानमै छौं ।’

गत माघ २४ गते मेलौली नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार बर्षीया छोरीको बाल पोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली नगरपालिका–१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन् ।

सुस्त मनस्थिति भएकी ती महिलालाई घर फर्किने क्रममा साँझ पाँच बजे एक्लै हिडिरहेका बेला मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर रातभर बलात्कार गरेको पीडित पक्षले बताएका छन् । पीडित महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा घाउ भएको छ ।

पीडित महिलाका १ छोरा र १ बोल्न तथा हिँडडुल गर्न नसक्ने अपांगता भएकी छोरी छन् । श्रीमान् पनि घरमै रहेको बताइएको छ । आरोपित नेगी पनि विवाहित हुन् ।

प्रतिक्रिया दिनुहोस्