दुई भारतीय डाँका पक्राउ



बाँके (नेस) ।

नेपालमा आएर डाँका चोरीको धन्दा थालेका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । कटुवा पेस्तोल देखाएर भारत निबियाका डल्लु मनिहार र बाबागन्जका निजामुद्दिन कवडियाले बाँके र बर्दियामा डाँका गरेका थिए ।

पुस २९ गते बर्दिया शितलाबजारका परशुराम सार्कीको घरमा राती पेस्तोल देखाएर उनीहरूले तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका थिए । माघ १७ गते बाँके खजुरा गाउँपालिका – ४, डीगाउँका हरिप्रकाश विकको घरबाट ५० हजार नगद, साढे तीन तोला सुन र २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।

ती दुई भारतीय डाँकालाई बाँके प्रहरीले जानकी गाउँपालिका– ५, बुढियागाउँबाट नियन्त्रणमा लिएको हो । बाँके प्रहरी प्रवक्ता मधुसूदन न्यौपानेले ती दुई जनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्