पर्सामा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक बालिकाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

पर्साको जिराभवानीपुर गाउँपालिका–४ मा हिजो साँझ ट्याक्टरमा मोटरसाईकल ठोकिदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकलमा सवार बालिका रहेकी छन् । र्दुघटना एक जना घाइते भएका छन् । ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा बा ५५ प ६५२८ नम्बरको मोटरसाईकल हिजो साँझ ६ बजे ठोकिएको थियो ।

दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० वर्षीया विद्या देवी र उनकी ४ वर्षीया छोरी अन्यालाई उपचारको लागि अस्पताल लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो । विद्या देवीको नारायणी अस्पताल विरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।