भरुवा बन्दुक बनाउने फलामे पाईपसहित २ जना पक्राउ



झापा ।

झापा जिल्लाको मेचीनगर नगरपालिका २ स्थित भृकुटी ईलाकाबाट माघ २१ गते सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाईपसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षिय तेजमान लिम्बु र झापा जिल्लाको मेचीनगर नगरपालिका ४ बस्ने प्रविण भारतीलाई सशस्त्र प्रहरीले गरेकाे हाे  ।

मे १ ह ६०५६ नम्बरको अटोमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भरुवा बन्दुक बनाउने उक्त पाईपसहित बारुद बनाउन प्रयोग हुने करीव ५८ के.जी. सोडा र ३ के.जी. ५ सय ग्राम गन्धक फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद सामान र उक्त अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्