कोभिड महामारीमा योगदान दिने सञ्चारकर्मीलाई जनता प्रसारणको सम्मान



न्युज अफ नेपाल, काठमाडौं ।

मीनभनवस्थित जनता प्रसारण तथा प्रकाशन लिमिटेडले कोभिड महामारीका बेला आफ्नो संस्था र परिवारको समस्याको सेमत प्रवाह नगरी जनतालाई सुसूचित गराउने कार्यमा योगदान दिने सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

सरस्वती पूजाको दिन आइतबार दशौं वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को प्रथम लहरले देशभरका नागरिकमा भयंकर सन्त्रास फैलिएको समयमा आफ्नो स्वास्थ्य र परिवारको समस्यालाई समेत प्रवाह नगरी जनतालाई सुसूचित गराउने पेसागत अहम् भूमिका निर्वाह गरी हरतरहले कर्मक्षेत्रमा डटेर निर्भीकताका साथ तपाईे यस संस्थामार्फत् नेपाली जनता र राष्ट्रका लागि गर्नुभएको ऐतिहासिक योगदानको सवर्ग प्रशंसा गर्दै यो सम्मानपत्र प्रदान गएिको छ ।

सम्मानपत्रमा प्रकाशन गृहका अध्यक्ष डा। विजयकुमार पौडेलर मिडिया अलाइन्स नोपालका अध्यक्ष भाष्करराज कर्णिकारले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्