थप १,३८६ जनामा काेराेना संक्रमण पुष्टि, ११ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौ‌ं ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३सय ८६ जनामा काेराेना  संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । ८ हजार ७०४ जना काेराेना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्