न्युज अफ नेपाल, काठमाडौं ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ। एयर अरेबियाको विमानबाट नेपाल फर्किएका सिन्धुपाल्चोकका दावा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार दावामाथि आशंका लगेपछि विमानस्थल प्रहरीले सोधपुछ गर्दा उनले गुद्वारबाट सुन लुकाएर ल्याएको बताएका थिए।
विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालका अनुसार दावाले गोप्य अंगमा र पेटभित्र लुकाएर ल्याएको बताए। चेकजाँचको क्रममा एक्सरे गर्दा कट्टुभित्र र पेटभित्र पनि सुन देखिएपछि नियन्त्रणमा लिएको एसएसपी ढकाल बताए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया