न्युज अफ नेपाल, काठमाडौं ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक हेरचाह समितिको जिम्मेवारी मन्त्रालयका सहसचिव डा. सुरेश सुरज श्रेष्ठलाई दिएको छ ।
संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि संग्रहालयको आर्थिक , प्रशासनीक लगायत सम्पूर्ण काम प्रभावित भएको थियो । संग्रहालयमा दैनिक सञ्चालन गर्न समेत आर्थिक संकट आउन थालेको कर्मचारीको गुनासो आएपछि तत्काल काम चलाउनको लागि मन्त्रालयका सहसचिव डा. श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।
करिब एक साता अघि पुरातत्त्व विभागबाट मन्त्रालयको संस्कृति महाशाखामा सरुवा हुनुभएका सहसचिव डा. श्रेष्ठलाई मन्त्रालयले अर्को व्यवस्था नभएसम्म काम गर्न पत्र दिएको हो । सहसचिव श्रेष्ठले मन्त्रालयमै बसेर संग्रहालयको थप जिम्मेवारी बहन गर्ने हुनुभएको छ । संग्रहालयभित्र क्याफ्टेरिया निर्माणको क्रममा अनियमितता भएको आरोप लागेपछि कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो ।
बतास समूहले क्याफ्टेरिया बनाउँदा अनियमितता भएको भन्दै छानबिन समिति बनाएको थियो । समितिलाई सहजताको लागि कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो ।











प्रतिक्रिया