जलविद्युत्मा माओवादीको श्रमदान

0
Shares

हुम्ला ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र हुम्लाले ताँजकोट गाउँपालिकाले कर्पुखोलामा निर्माण गर्दै गरेको कर्पुखोला लघु जलविद्युत् आयोजनामा एकदिने श्रमदान गरेको छ ।

माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटि सदस्य तथा ताँजकोट गाउँपालिका इन्चार्जको नेतृत्वमा गएको टोलीले ७ लाख बराबरको श्रमदान गरेको ताँजकोट गाउँपालिका सचिव मदन परियारले बताउनुभयो । गाउँदेखि निर्माण स्थलसम्म ठूलो पेनिस्टिक पाइप (१ सय २१ केजीको) ४० वटा, सोनो पाइप (९० केजीको) ४० वटा र ९ सय केजी सरिया (रड) मुहानसम्म पु¥याएको उहाँले बताउनुभयो ।

माओवादी केन्द्र ताँजकोट गाउँ कमिटिले महिनाको एकपटक श्रमदान गर्नुपर्ने निर्णय गरेको थियो । जसअनुसार माओवादी केन्द्रका ताँजकोट गाउँपालिका अध्यक्ष अकवीर खड्का, प्रदेश समितिका सदस्य मंगल नेपाली लगायतका २ सय ५५ जना श्रमदानमा जुटेका थिए । विद्युत् निर्माणमा सहयोग पुगोस् भनेर एकदिने श्रमदान गरेको कर्णाली प्रदेश कमिटि सदस्य गोपाल बुढाले बताउनुभयो ।

कर्पुखोला लघु जलविद्युत् आयोजनाको १ सय किलोवाट उत्पादन गर्ने लक्ष्य रखेको छ । पालिकाको ३, ४ र ५ नम्बर वडाका ९ सय घरधुरीलाई यसबाट प्रत्यक्ष लाभान्वित हुने छन् । कागरी एग्रिकल्चर एसोसियसन गोर्ख नेपालीको आर्थिक सहयोगमा ८ करोड लगानीमा सो आयोजना निर्माणधीन छ ।