खेलकुदमा सुशासन कायम हुनुपर्ने



काठमाडौं ।

नेपाल खेलकुद महासंघ (नेकोस) ले वर्तमान अवस्थालाई ध्यान राखेर एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । मंगलबार निकालेको उक्त विज्ञप्तिमा खेलमा सुशासन कायम गर्नुपर्ने सहितको २० बुँदाको माग उल्लेख गरिएको छ । नेपालमा खेलकुद अस्तव्यस्त भएको र आगामी प्रतियोगिताको निश्चितता नभएको भन्दै नेकोसले खेलाडी, संघ, खेलकुदका भौतिक संरचनाहरू लगायत खेल क्षेत्रमा रहेका तमाम समस्याको हल खोज्न र खेललाई गति दिन सरकार पूर्णतःअसफल रहेको जनायो ।

विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने, खेलाडी, खेल प्राविधिक, पदाधिकारीको जनही ५० लाख बराबरको दुर्घटना बिमा एवं जीवन बिमाका लागि आवश्यक रकम विनियोजन गर्नुपर्ने माग राखिएको छ । यस्तै, खेलक्षेत्रमा रहेको नीतिहीनता र गतिहीनताको अन्त गर्नुपर्ने, खेलअनुसार आवश्यक प्रशिक्षकको व्यवस्था गर्नुपर्ने, राष्ट्रिय खेलकुदलगायतका प्रतियोगितामा खेलाडीलाई दिइने भत्ता वृद्धि गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्