आँचल बन्ने भइन् वधु मिलन खोज्दैछन् वर



नायिका आँचल शर्मा लामो समयपछि फिल्ममा देखिने भएकी छिन्। लकडाउनपछि दक्षिण भारतीय फिल्म हिटम्यानमा अभिनय गरेकी आँचल यसपटक वधुका रूपमा फिल्ममा देखिनेछिन्।

निर्माता निर्देशक मिलन चाम्सको निर्माणाधीन नयाँ फिल्म वर एन्ड वधुमा नायिका शर्मा वधुका रूपमा देखिनेछिन्। उनको वरका रूपमा नयाँ नायकको खोजी भइरहेको निर्माता निर्देशक चाम्सले जानकारी गराएका छन्। गोर्खा वारियर–२ को निर्माण गरिरहेका मिलन वर एन्ड वधुका अलावा एक फुटबलरको बायोपिक फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेका छन्।

कमेडी र लभ स्टोरी कथामा बन्ने वर एन्ड वधुको छायांकन फागुनको तेश्रो साताबाट शुरु हुने जानकारी मिलनले गराएका छन्। ‘फिल्मको कथावस्तु रोचक छ। कोरोनाको तेस्रो लहर कम भएपछि फागुनमा सुटिङ फ्लोरमा जाने योजना छ’ मिलनको फागुनबाट छायांकन शुरु गर्छौं’ मिलनको भनाइ छ। आँचलले फिल्मका लागि आफू उत्साहित भएको बताइन्। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माणाधीन फिल्मका लागि अन्य कलाकार तथा प्राविधिक केही दिनमै पक्का गरिने मिलनले बताए।

प्रतिक्रिया दिनुहोस्