अमेरिकाबाट सुमनको शंका (सर्ट फिल्मसहित)



केही फिल्मकर्मीहरू विदेशमा बसेर पनि फिल्मकर्म गर्दै आएका छन्। तीनै मध्येका एक हुन् सुमन दाहाल। केही वर्षदेखि अमेरिकामा बस्दै आएका उनले पछिल्लो समय म्युजिक भिडियो र सर्ट फिल्म निर्मार्ण गरिरहेका छन्। यसै क्रममा उनको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म शंका तयार भएको छ ।

शंका सम्राट क्रियसन युट्युब च्यानलबाट हालै सार्वजनिक गरिएको छ। अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन र त्यस आसपासका क्षेत्रमा छायांकन गरिएको सर्ट फिल्ममा चुडामणि अवस्थी, सविता चौलागाईं केसी, विष्णु डुम्रे, भुवन लोहनी, सन्दीप अर्याललगायत कलाकारले अभिनय गरेका छन् ।

चुडामणि अवस्थीको कथा, अक्की शर्माको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत रहेको शंकामा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गरेका छन्। श्रीमान्–श्रीमतीका बीचमा हुने शंकाले कस्तो अवस्था निम्त्याउँछ भन्ने विषय फिल्ममा समेटिएको निर्देशक दाहालले जानकारी गराए।

‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देशमूलक सर्ट फिल्म बनाएका छौँ’दाहाल भन्छन्। दाहालले निर्देशन गरेकोहेर्दा हेर्दै यो केटी, यो जीवन मिठो, तिमीसँग छुट्टिएरलगायतका केही गीतको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको थियो।

उनले केही महिनायता आफ्नो निर्देशनमा नियमितरूपमा अमेरिकाबाटै ल्याक्सिनटन दोहोरी कार्यक्रम निर्माण एवं प्रस्तुत गर्दै आएका छन्। निर्देशक दाहालले मन परे पछि, नो स्मोकिङजस्ता फिल्म निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्