आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ


न्युज अफ नेपाल, मोरङ ।

आफ्नै बुबाको हत्या गरेको अभियोगमा बुधबार राति प्रहरीले मोरङमा एकजनालाई पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ३५ वर्षीय जय बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयमा विवाद हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएकाे खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।