पत्रकारले भने जोकोभिचसँग राजनीति भयो



लन्डन, (एजेन्सी) ।

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई मेलबर्नको हिरासत केन्द्रबाट दुई हप्ता राखेर अस्ट्रेलियाली सरकारले आइतबार उनलाई दुबईतिर पठाएको छ । जोकोभिच १०औं अस्ट्रेलियन ओपन उपाधि जित्ने सपनाका साथ अस्ट्रेलिया पुगेका थिए । यदि, यो उपाधि जित्न पाए भए उनले रोजर फेडेरर र राफायल नाडाललाई पछि पार्ने थिए । हाल यी तीन खेलाडी समान २० ग्रान्डस्लाम जितेर संयुक्तरूपमा कीर्तिमानमा छन् । तर, उनको अस्ट्रेलिया यात्रा विवादमा घेरिएको थियो । यसै विषयमा अस्ट्रेलियामा रहेका खेल पत्रकार क्रिस्टि डोरानले जोकोभिचविरुद्ध कडा निर्णय लिएर अस्ट्रेलियाली सरकार बलियो छ भन्ने देखाउन चाहेको बताए ।

सर्बियाली खेलाडी जोकोभिच कोभिड १९ विरुद्धको खोप विरोधी हुन् । उनी खोप नलगाएर नै अस्ट्रेलियामा प्रवेश गरेका थिए । यो अस्ट्रेलियाको कोभिड र प्रवासी नियमको उल्लंघनसमेत हो । त्यहाँको सरकारले उनलाई जनमानसको स्वास्थ्यको लागि खतरनाक मान्दै उनको भिसा रद्द गरेको थियो । यसपछि विवाद शुरू भएको थियो । अस्ट्रेलियाको टेनिस महासंघ र प्रान्तीय सरकारले भिक्टोरिया प्रान्तमा प्रतियोगितामा भाग लिन गइरहेका जोकोभिचलाई खेल्न अनुमति दिइएको थियो । पछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको नेतृत्वमा रहेको केन्द्र सरकारले उनको भीसा रद्द गरेको थियो । उनलाई संघीय सरकारको अवैध प्रवासी हिरासत केन्द्रमा राखिए । यो स्थान कारागार जस्तै रहेको जोकोभिचले बताएका थिए ।

जोकाभिचले अस्ट्रेलियाली सरकारको यो निर्णयविरुद्ध त्यहाँको अदालतमा चुनौती दिए । अस्ट्रेलियाली अदालतले बतायो कि संघीय सरकारसँग भिसा रद्द गर्ने अधिकार छ । अदालतले बतायो कि यस निर्णयविरुद्ध कुनै अपिल गर्न पाउँदैन र जोकोभिचको भिसा रद्द भयो । उनी निराश भएर अस्ट्रेलियाबाट फर्किनुपरेको थियो । तर, यसको विवाद अहिले पनि जारी नै छ । अस्ट्रेलियाबाट फर्कनु जोकोभिचको करियरको लागि एक ठूलै झट्कासमेत भएको छ । सायद उनले आगामी तीन वर्ष अस्ट्रेलियाको नियमअनुसार अस्ट्रेलियामा पाइला टेक्न पाउने छैनन् ।

अस्ट्रेलियाका खेल पत्रकार क्रिस्टी डोरानले बाए—यस्तो लागिरहेको छ कि यहाँ राजनीति चलिरहेको छ । अस्ट्रेलियाली सरकार आफूलाई बलियो देखाउने मौका हेरिहरेको छ । सरकार आफ्नो नागरिको सुरक्षाको मुद्दामा कमजोर नभएको देखाउन चाहन्छ । यो गठबन्धन सरकार सीमा सम्प्रभुता र प्रवासनसँग जोडिएको मुद्दामा आफ्नो कडा नीतिको लागि परिचित छ । मोरिसनको सरकारमा अस्ट्रेलियाको सीमा बाहिरबाट आउने मान्छेको लागि बन्द छ ।

डोरानले बताए–टेनिस स्टार नोभा जकोभिचको बहिर्गमन विवाद यस्तो समय भइरहेको छ जब अस्ट्रेलियाली राजनीतिमा धेरै केही भइरहेको छ । मोरिसन दोस्रो कार्यकाल चलाउने प्रयासमा छन्, तर मतदानमा उनी पछि परिरहेका छन् । उनी कयौं विवादमा फँसेका छन् । कति घटना भए जसले उनलाई अलोकप्रिय बनाइरहेको छ । अहिले मोरिसन र उनका मन्त्री नोभाक जोकोभिचको मामिलाको बहाना देशको जनतालाई यो देखाउन कोशिस गरिरहेका छन् कि सरकारको लागि जनताको स्वास्थ्य सबैभन्दा पहिले हो ।

खोप पासपोर्ट
भिक्टोरिया प्रान्तमा १२ वर्षभन्दा बढी उमेरका प्रायजसो व्यक्तिले खोप लगाइसकेका छन् । भिक्टोरियामा कुनै रेस्टुरान्ट या बार जस्तो सार्वजनिक स्थानमा विना खोप पासपोर्ट नदेखाइ जान सक्दैन । यदि, कोही व्यक्तिसँग खोपको पासपोर्ट छैन भने उनी सार्वजनिकस्थलमा जान पाउनेछैनन् ।

पत्रकार डोरानले बताए कि जोकोभिच जनमानसको स्वास्थ्यको लागि ठूलो खतरा थिएनन् । उनले बताए—उनी अस्ट्रेलियाका नागरिक या समाजको लागि कुनै ठूलो खतरा थिएनन् । पहिले जोकोभिच गलत भन्नेहरूले पनि अहिले सरकारले जोकोभिचको बहानामा राजनीति गरिरहेको बुझ्न थाले । विश्व नै यो विवादमा हैरान पनि छन् ।

प्रतिक्रिया दिनुहोस्