‘अनुसन्धनात्मक शिक्षा प्रदान गर्ने विश्वविद्यालय जरुरी’



बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशमा विश्वविद्यालय स्थापना गरी अनुसन्धात्मक शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको लुम्बिनी विश्वविद्यालयसँगको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

समन्वयात्मक बैठकमा प्रदेश सरकारले लुम्बिनी प्रदेशकै नमुना प्रदेश बनाउन लागिपरेको मुख्यमन्त्री केसीको दाबी थियो । विश्व बजारमा बिकाउ जनशक्ति उत्पादन गर्ने गरी यसै चौमासिममा कार्य आरम्भ शुरु गर्र्नका लागि शिक्षा मन्त्रालयलगायत अन्य सरोकारवाला निकायलाई निर्देशन दिइसकेको उहाँ बताउनुहुन्छ ।

उहाँले प्रदेशमा विश्वविद्यालय सञ्चालनका लागि भूगोल, वातावरण, जमिनको उपलब्धतालगायतको हिसाबले दाङको बंगालचुली गाउँपालिकामा निर्माण गर्न उपयुक्त स्थल हुने पनि बताउनुभएको थियो । एक स्थानमा मुख्य कार्यालय राखेर प्रदेशभरिका विभिन्न जिल्लामा संकाय राख्न मिल्ने गरी काम अगाडि बढाउन आह्वान गर्नुभयो ।

त्यस्तै, काठमाडौं विश्वविद्यालयका प्रोफेसर लक्ष्मण ज्ञावलीले नेपालका विश्व विद्यालयहरुमा अनुसन्धानमुलक शिक्षा अध्यापन गर्न जरुरी रहेको औंल्याउनुभएको थियो । नेपालका विश्वविद्यालयले प्रमाणपत्र दिनका लागि पहिलो प्राथमिकताका साथ अगाडि बढेकाले विश्वविद्यालयकालाई दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रदानका लागि बहस गर्नुपर्ने बेला आएको उहाँको कथन थियो । विश्व विद्यालय सञ्चालनमा सरकारले जनशक्ति, विद्यार्थीको उपलब्धता, स्रोतको बारेमा अध्ययन गर्दै विश्व विद्यालयले दक्ष जनशक्तिको उत्पादन गर्ने शिक्षा प्रदान गर्नुपर्ने ज्ञवालीको धारणा थियो ।

लुम्बिनी विश्वविद्यालयसँगको छलफलमा ग्रामीण, शहरी, पर्यटनमन्त्री डिल्ली चौधरी, शिक्षामन्त्री वसिउसिदिन खाँ, कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती, भौतिकमन्त्री सहर्षराम यादव, प्रमुख सचिव डिल्लीराम शर्मालगायत विभिन्न मन्त्रालयको सचिवहरुको सहभागिता रहको थियो ।

प्रतिक्रिया दिनुहोस्