अनियमितता छानबिन गर्न समिति गठन



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा बिहीबार एक छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रेमनाथ ठाकुर रहनुभएको छ । उक्त समितिले शुक्रबारबाट आफ्नो कामको थालनी गर्ने संयोजक लुइँटेलले बताउनुभयो ।

कोरोना महामारी (कोभिड–१९) को समयमा गरिएको उक्त चार्टर फ्लाइटमा व्यापक अनियमितता भएको भन्ने गुनासो आएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्