सुनसरीबाट कटुवा पेस्तोलसहित एक जान पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका-७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई पक्राउ गरेकाे हो ।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्