भिरबाट लडेर एक जनाको मृत्यु



न्युज अफ नेपाल, तेह्रथुम ।

फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको मृत्यु गएको छ । फेदाप गाउँपालिका(१ मा रहेको भिरबाट लडेर ५५ बर्षका लैनबहादुर लिम्बूको बुधबार मृत्यु गएको हो ।

डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधवार बिहान अबेरसम्म लिम्बू घर नआएपछि परिवार र छिमेकीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्