रोयललाई फुटबलको उपाधि



बाँके ।

रोयल नेपालगञ्ज फुटबल क्लबले बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रोयलले नेपालगञ्ज–११ लाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो । रोयलको जितमा सञ्जय थापाले उत्कृष्ट प्रदर्शन गरेका थिए । थापाकै दुई गोलले रोयलले उपाधि जितेको छ । खेल शुरू भएको ७ मिनेटमै थापाको गोलमार्फत् रोयलले अग्रता लिएको थियो । यसपछि, थापाले नै अर्को गोल थपेपछि जित निश्चित भएको थियो ।

नकआउट प्रतियोगितामा जिल्लाका पाँचवटा क्लबले भाग लिएका थिए । प्रतियोगिताको विजेता रोयलले अर्को वर्ष जिल्ला लिग खेल्नेछ । आगामी फागुनमा हुने बाँके जिल्ला फुटबल संघको निर्वाचनमा रोयलले मताधिकार सुरक्षित गरेको छ । यसपालिको लिगमा बाँकेमा ११ वटा क्लबले भाग लिँदै छन् ।

प्रतिक्रिया दिनुहोस्