आजको मौसम : यी ठाउँमा छ बदली र वर्षाको सम्भावना



न्युज अफ नेपाल, काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश नं २ र प्रदेश नं १ मा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । सुदूर पश्चिम प्रदेशको केहि स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्