रसुवा चौतारीमा घिमिरे निर्विरोध



रसुवा, (नेस) ।

प्रेस चौतारी नेपालको तेस्रो जिल्ला अधिवेशनबाट पुनः बलराम घिमिरे निर्विरोध चयन हुनुभएको छ । समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिता प्रेस चौतारिको आधार भन्ने नारासहित जिल्ला अधिवेशन भउको थियो ।

त्यस्तै, उपाध्यक्षमा महेश्वर गजुरेल, सचिव विजया तिवारी, सहसचिव सरस्वती ढकाल, कोषाध्यक्ष सरस्वती न्यौपाने, सदस्यमा शोभा तामाङ, विन्दुकुमारी तितुङ, दावा कर्मो लोप्चन, मञ्जु तामाङ, अशोककुमार तामाङ, सोममाया थिङ तामाङ चयन हुनुभएको छ । पुनः अध्यक्ष भएपश्चात् थप जिम्मेवारीबोध भएको भन्दै अध्यक्ष घिमिरेले निष्पक्ष तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्