युवतीद्वारा चोरेको सुन फिर्ता



पोखरा, (नेस) ।

पोखराको जिरो किलोमिटरमा रहेको पामे सुन चाँदी पसलबाट शुक्रबार एक युवतीले सुन चोरीन् । पसलमा सुन किन्न गएको बाहनाले उनले सुनको सिक्री आफ्नो खल्तीमा हालिन् । पसलमा सञ्चालक र उनका बुबा थिए । दुवै जनालाई झुक्याएर वीवीएस प्रथम वर्षमा अध्ययन गर्दै गरेकी २१ वर्षीय युवतीले पाकेटमार शैलीमा करिब १ तोला बराबरको सुन लुकाउँछिन् । अनि उनी त्यहाँबाट रवाना हुन्छिन् ।

तर, ती महिलाले सोचिनन् कि उनले चोरी गरेको भिडियो कैद भइरहेको छ भनेर । उक्त सुन पसलमा रहेको सीसीटीभी क्यामेराले भिडियो रेकर्ड गरिरहेको थियो । त्यही सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि ती युवतीले पसलको नम्बर खोज्छिन् त्यो पनि गुगलमा । नम्बर पाएपछि उनले पसलमा फोन गरेर भाइरल नबनाइदिनुहोस् भन्दै आफूले लिएको सुन बराबरको रकम दिने वाचा गरिन् । ‘दाई मलाई भाइरल नबनाइदिनुस म तपाईंको सुनको रकम दिन्छु ।’ युवतीले पसलेसँग फोनमा भन्छिन् ।
पसलेले होइन सुन नै ल्याएर दिनुसभन्दा उनले भन्छिन्, ‘मैले जोखेको थिएँ त्यो १ तोलाभन्दा कम थियो । मैले भरर्खरै जोखेको हुँ । मैले किन्छु नै भनेको हुँ तर त्यसरी लान्छु भनेर कहाँबाट सोच आयो आयो । म सुन दिन्न बरू त्यो बराबरको रकम दिन्छु दाई ।’ घटना शुक्रबार बेलुका तिरको हो । ती युवतीले सुन लुकाएपछि बाहिर निस्किर भाग्छिन् । ‘त्यो हटाइदिनुहोस न प्लिज’ पसल सञ्चालक भन्छन् त्यसले राम्रोसँग हेर्यो ।

क्यास नै दिएर लान्छ भन्ने विश्वास दिलाइन् । मैले हेर्दा हातमा डुप्लिगेट औंठी देखेको थिए । तर पनि हेर्छु भनेपछि मैले देखाउन खोजे त्यहिबेला लिएर भागेकी रहिनछन्’ शुक्रबार साँझ नै उनी कता गएको भन्ने कुरा पत्ता लाग्यो तैपनि प्रहरीले उनलाई फेला पार्न नसकेको सञ्चालक बताउँछन् । शुक्रबार ट्याक्सी नम्बर पत्ता लगाएको थियो । ट्याक्सी ड्राइभरले लगेको ठाउँ बताउँदा समेत पक्राउ परिनन् ।’ सञ्चालककै बुबाले त्यही हुँदाहुँदै पछाडि फर्किएको बेला निकालेर लगेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्