बैतडीमा १ लाख २६ हजारले लगाए खोप



बैतडी ।

बैतडीमा हालसम्म १ लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा गरेर १ लाख २६ हजार ५५ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका हुन् । कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३ सय ६ जनाले पाएका छन् ।

पछिल्लो विवरणअनुसार पुर्चौंडी नगरपालिकामा १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३ सय ३६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १८ हजार ६ सय ४५ जनाले पहिलो मात्रा र १८ हजार ३ सय ५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकामा १५ हजार २ सय ८३ जनाले पहिलो मात्रा र ८ हजार ४ सय ४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसै गरी, जिल्लाको पाटन नगरपालिकामा १५ हजार २ सय ३ जनाले पहिलो मात्रा र २१ हजार ३ सय ३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । मेलौली नगरपालिकामा १२ हजार ९ सय ५९ जनाले पहिलो मात्रा र ५ हजार ३ सय ८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा ८ हजार ९ सय ९५ जनाले पूर्ण खोप र ८ हजार ५ सय ९५ जनाले पहिलो मात्रा पाएका छन् । सिगास गाउँपालिकामा ११ हजार १ सय ५ जनाले पहिलो मात्रा र ३ हजार ३ सय ३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुर्नया गाउँपालिकामा ९ हजार ४९ जनाले पहिलो मात्रा र ४ हजार ९२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा ८ हजार ३ सय ८० जनाले पहिलो मात्रा र ६ हजार ९ सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा ७ हजार ३ सय ५० जनाले पहिलो मात्रा र ४ हजार ४ सय ६५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन अनुरोध गरेको छ ।

हाल पनि जिल्लाका सबै स्थानीय तहमा १२ वर्षदेखि माथिका सबै व्यक्तिलाई खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्