तनहुँमा १ लाख ३५ हजारले लगाए कोरोनाविरुद्धको खोप



तनहुँ, (नेस) ।

तनहुँमा एक लाख ३५ हजार नागरिकलाई कोरोना विरुद्धको पूरा मात्राको खोप लगाएका छन् । एक लाख ३५ हजार ८२७ जनाले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेका छन् भने दोस्रो मात्रा लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । पालिका तथा वडाबाट जोनसोन एन्ड जोनसोन खोप सहित गरी उक्त संख्याका नागरिकले खोप लगाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार १० पालिकामध्ये सात वटा पालिकामा कोरोनामुक्त भएका छन् । तीन नगरपालिका र पाँच गाउँपालिका कोरोनामुक्त भएको सूचना अधिकारी अधिकारीले बताउनुभयो । एक नगरपालिका र ६ गाउँपालिका कोरोनामुक्त भएका छन् ।

भिमाद नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । व्यास नगरपालिकामा तीन र भानु र शुक्लागण्डकीमा एक/एक जना गरी पाँच जना संक्रिय कोरोना संक्रमित रहेको उहाँले बताउनुभयो ।

तनहूँमा वैशाख महिनादेखि हालसम्म १२९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । शुक्लागण्डकीमा ४८, व्यासमा ३६, भिमाद नगरपालिकामा १८, भानुमा ९, म्याग्देमा ७, घिरिङमा ६, बन्दीपुरमा ३, देवघाट र आँबुखैरेनीमा एक/एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्