इह्रिकनमा नयाँ कार्यसमिति



काठमाडौं ।

मिडियाको माध्यमद्वारा मानवअधिकारको संरक्षण गर्ने कार्यमा सक्रिया मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालमा बुधबार सम्पन्न साधारणसभाले महिला अधिकारकर्मी मीना शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

ज्वागल, ललितपुरस्थित संस्थाकै सभाहलमा सम्पन्न २१औं वार्षिक साधारण सभाले उपाध्यक्षमा रिता सापकोटा, महासचिवमा रूपा शर्मा ‘नेहा’, सचिवमा अनिता विष्ट, कोषाध्यक्षमा शारदा कोइराला तथा सदस्यहरूमा अधिवक्ता पुष्पा भुषाल, डा. विकल श्रेष्ठ, सम्झना पौड्याल, खड्गबहादुर अस्लामी ‘चिन्टु’ चयन गरेको छ ।

निर्वाचन मण्डलका अध्यक्ष तथा संयोजक वरिष्ठ पत्रकारद्वय कपिल काफ्ले र टंक पन्तका अनुसार स्थापना कालदेखि महिला अधिकारमा केन्द्रित रहेको संस्थाको विधान र परम्पराअनुसार पदाधिकारीमा महिला अधिकारकर्मीहरू चयन हुनुभएको छ । ९ सदस्यीय कार्यसमितिमा दुई पुरुषले जनजाति समुदायको पनि प्रतिनिधित्व गर्नुहुन्छ ।

कार्यसमितिको पदावधि तीन वर्षको रहने वैधानिक प्रावधान छ । संस्थामा सदस्य हुन मानवअधिकार वा मिडिया क्षेत्रमा कार्यरत व्यक्ति हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्