तीन सयलाई कम्बल वितरण



डोटी, (नेस) ।

हिमपातका कारण एकाएक चिसो बढेपछि मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नामक गैरसरकारी संस्थाले डोटीको शिखर नगरपालिकाका तीन सय नागरिकलाई बुधबार कम्बल वितरण गरेको छ । नगरपालिकाको वडा नं २ र ८ मा रहेका ३ सय जनालाई कम्बल वितरण गरेको हो ।

चिसोबाट नागरिकलाई जोगाउनका लागि आयस्तर नभएका ज्येष्ठ नागरिक, एकल महिला एवं वृद्धवृद्धालाई कम्बल उपलब्ध गराइएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । आयस्तर कम भएका नागरिकलाई नगरपालिकाको सिफारिसका आधारमा संस्थाले न्यानो कम्मल उपलब्ध गराएको हो । स्थानीय सरकारसँगको सहकार्यमा नगरले माग गरेका तथा सिफारिस गरेका नागरिकलाई कम्बल हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

उक्त संस्थाले जिल्लामा रहेका स्थानीय तहसँगको सहकार्यमा कम्बल, हाते ट्याक्टर, विद्यालयमा खेलकुद तथा कम्प्युटरलगायतका सामग्रीहरु वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्