शिक्षकलाई अतिरिक्त क्रियाकलापमा नलाग्न शिक्षामन्त्रीको आग्रह



काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सो बताउनुभउको हो ।

‘शिक्षकको काम पढाउने हो’, मन्त्री पौडेल भन्नुहुन्छ– ले भएकाले विद्यालयसमयमा अन्यक्रियाकलापमा नलाग्न आग्रह गर्नुभयो । ‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो’, मन्त्री पौडेल भन्नुहुन्छ– ‘अभिभावकको सहयोग, शिक्षकको लगनशीलता र विद्याथीको सक्रियता भयो भने मात्र शिक्षामा सुधार हुन्छ ।’ शिक्षा मन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकको अभावकका कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११औं संशोधन मन्त्रिपरिषद्बाट गराएर विज्ञापन खुलाउन सफल भएको उहाँले बताउनुभएको थियो ।

विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरुलाई अहिलेको प्रविधिसँग अपडेट हुन पनि मन्त्री पौडेलले आग्रह गर्नुभएको थियो । राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयको भएको बताउँदै उहाँले प्राविधिक शिक्षामा मन्त्रालयको जोड रहेको उल्लेख गर्नुभयो । ‘आज नेपालको सार्वजनिक शिक्षा राम्रो छैन भन्ने कुरा बाहिर आएको छ’, पौडेलले भन्नुभयो– ‘सार्वजनिक शिक्षा सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ ।’

साथै ५ वर्षदेखि रोकिराखेको आन्तरिक शिक्षक बढुवाको कामको पनि थलानी भएकाले ३ हजार ३ सयभन्दा बढी शिक्षकको बढुवा हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्