थप २९० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १७०८९ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २५२ र एन्टिजेनबाट ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २३२ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ६२४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्