कांग्रेस खुला मधेसीमा अजय चौरसियासहित पाँच जना विजयी



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेस खुला मधेसीमा अजय चौरसियासहित पाँच जना निर्वाचित भएका छन् । मंगलबार दिउँसो सम्पन्न मतगणनामा २५२२ मतसहित पार्टीको तराई मधेश समन्वय विभाग प्रमुख तथा पूर्वमन्त्री अजय चौरसिया अग्रस्थानमा विजयी भएका छन् ।

४६६७ मत खसेकोमा अजयले अर्बपति उद्योगपति विनोद चौधरीलाई पछि पार्दै सर्वाधिक मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका समानुपातिक सांसद चौधरीले २२०६ मत प्राप्त गरेका छन् ।

तेस्रोमा चन्द्रमोहन यादवले २१३८, महेन्द्र कुमार यादवले १९८४ र पाँचौंमा दिनेश कुमार यादवले १९५९ मत प्राप्त गरेका छन् । खुला मधेसीतर्फ पाँच जना केन्द्रीय सदस्यका लागि २३ जना प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस्