एसेजमा अस्ट्रेलियालाई २–० को अग्रता



लन्डन, (एजेन्सी) ।

एडिलेडमा भएको एसेज दोस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ७५ रनले हराएको छ । योसँगै घरेलु टिम अस्ट्रेलियाले ५ टेस्टको एसेज सिरिजमा २–० को अग्रता लिएको छ । पिन्क बल टेस्टमा इंग्ल्यान्डको सामुन्ने ४ सय ६८ रनको लक्ष्य राखिएको थियो । जवाफमा पाहुना टिम केवल १ सय ९२ रनमै खुम्चिएको थियो । टिमका लागि क्रिस वोक्सले ४४ रन बनाएर सर्वाधिक योगदान दिए ।

अस्ट्रेलियाका बलरमा झाय रिचर्डसनले ५ विकेट हासिल गरे । सो टेस्टमा पहिलो इनिङमा शतक र दोस्रो इनिङमा अर्धशतक लगाएका मार्नस लाबुसेन ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

अन्तिम दिनको खेलमा इंग्ल्यान्डको सबै आशा जोस बटलरमाथि थियो । बटलरले पहिलो दो सेसनको खेला कंगारुका बलरविरुद्ध डटेर सामना गरेका थिए । तर, उनी अन्तिम सेसनमा म्याच बचाउन असफल भए । उनले २ सय ७ बलको सामना गर्दै २६ रन बनाएका थिए । उनी हिट विकेटमा आउट भएका थिए । उनले क्रिजमा ४ घण्टा १८ मिनेट बिताएका थिए । यसअघि, ८६ स्कोरमै इंग्ल्यान्डका आधा टिम पभेलियन फर्कनु नै हारको कारण बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्