सर्वदलीय बैठक बोलाउने देउवा–प्रचण्डको तयारी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा तथा अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् ।

शुक्रबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको उक्त भेटमा सर्वदलीय बैठक बोलाउने विषयमासमेत छलफल भएको छ । प्रतिनिधि सभाको बैठक बस्नुअघि नै सर्वदलीय बैठक बोलाउने तयारी भएको बताइएको छ । प्रतिनिधि सभाको बैठक पुस ६ गते बस्दै छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।