कांग्रेस सभापतिमा देउवालाई निधिको समर्थन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी विमलेन्द्र निधि समर्थन गर्ने भएका छन् ।

देउवा निधिलाई भेट्न उनको निवासमा पुगेका थिए दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुन लागेको हो ।

महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ । दोस्रो चरणमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्