कांग्रेस १४औँ महाधिवेशन:प्रकाशमान सिंह मतदान गरेर फर्किए



न्युज अफ नेपाल, काठमाडौ ।

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका सिंह मतदान गरेर राष्ट्रियसभा गृहबाट फर्किएका हुन् ।

मतदानअघि उनले प्रतिनिधिहरूसँग मत मागेका थिए । बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान थालिएको थियो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्