मतदाता फकाउन मेसमा खाना खादै प्रधानमन्त्री देउवा


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौंमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनको तेस्रो दिन उम्मेवारहरुको अन्तिम सूची सार्वजनिक भइसकेको छ । जसमध्ये पार्टी वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

देशको कार्यकारी भूमिकामा रहेका देउवा यतिबेला मतदाता फकाउनमा व्यस्त छन् । उनी फेरि सभापतिमा दोहोरिने दाउमा मतदाता रिझाउन देशभरबाट चुनिएर आएका प्रतिनिधिहरुसँगै मेसमा लाइन लागेर खाना थाप्छन्, चौरमा बसेर कार्यकर्तासँगै खाने गरेका छन् । आइतबार सामाजिक सञ्जालमा देउवाका दुई तस्बिर भाइरल छन् । उनकाे यी तस्बिरले खुबै चर्चा कमाएका छन् ।